बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

दैलेख : दैलेखमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । अन्दाजी १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको भगवतीमाई गाउँपालिका–२ बेस्तडाका १८ बर्षीया मोहन बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले दिएको जाहेरी दरखास्तका आधारमा युवकलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका ती युवालाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । ती युवक अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया