दैलेख आइपुग्यो अक्सिजन सिलिण्डर

दैलेख आइपुग्यो अक्सिजन सिलिण्डर

दैलेख : कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । आइसोलेसन अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि दैलेखमै पनि अक्सिजनको अभाव छ । यस्तो अवस्थामा दैलेखमा अक्सिजन सिलिण्डर आईपुगेको छ ।
थप १५ थान अक्सिजन सिलिण्डर दैलेख अस्पतालमा आईपुगेको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले १५ थान अक्सिजन सिलिण्डर दैलेखमा ल्याईपु¥याईएको बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा अक्सिजन सिलिण्डर दैलेखमा ल्याईएको हो । कोरोना महामारीको समयमा दैलेख जिल्लामा अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिएको बस्नेतले बताए ।
‘जन्मथलो दैलेख जिल्लाका नागरिकहरु अक्सिजन अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि अक्सिजन सिलिण्डर व्यवस्थापनमा लागि परेको हुँ, बस्नेतले भने ‘दैलेख जिल्लामा थप अक्सिजन सिलिण्डर पठाउन पहल गरिरहेको छु ।’

१५ थान अक्सिजन सिलिण्डर दैलेख अस्पतालमा आईपुगेसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरुलाई उपचारमा सहज हुने बताइएको छ । हाल जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय नाघिसकेको छ । ती मध्ये झण्डै २५ जना आइसोलेसनमा छन् भने अधिकाँश कोरोना संक्रमित होम आइसोलेसनमा छन् । जिल्लामा पछिल्लो चरण एक गर्भवती महिला सहित पाँच जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया