तीन सय द्वन्द्व पीडित बालबालिकालाई छात्रबृति दिइने

तीन सय द्वन्द्व पीडित बालबालिकालाई छात्रबृति दिइने

माओवादी सशस्त्र द्वन्द्वको कारण पीडित तथा प्रभावित भएका दैलेखका ३ सय बालबालिकालाई छात्रबृति सहयोग दिइने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बाल कल्याण समितिको बैठकले सो निणय गरिएको हो । DCWB DCWB 1अभिभावक गुमाएका, अंगभंग भएका वा विभिन्न यातना पाएका बालबालिका मध्ये ३ सय जनालाई विद्यालयमा अध्ययन छात्रबृति, २७ जनाको स्वास्थ्य उपचार, ३० जनालाई मनोविमर्श लगायतका कार्यक्रम गर्न २७ लाख रुपैंयाँ महिला तथा बालबालिका कार्यालय मार्फत खर्च गरिने आज भएको अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।
महिला तथा बालबालिका कार्यालयले २ वर्षअघि लिएको तथ्यांक अनुसार १९ सय ८७ जनाको सूचीमा परेकालाई मात्र यो सुविधा दिइने महिला विकास अधिकृत बिश्वमणी जोशीले जानकारी दिनुभयो । पीडित बालबालिकालाई मनोविमर्श सेवा मनोविमर्शकर्ता पार्वती बिशुन्केले दिनुहुने बताइएको छ ।

प्रतिक्रिया