नेपालको अवस्था पनि चिन्ताजनक, अन्तर्राष्ट्रिय सहयोग चाहियो : डब्लूएचओ

नेपालको अवस्था पनि चिन्ताजनक, अन्तर्राष्ट्रिय सहयोग चाहियो : डब्लूएचओ

जेनेभा: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा पनि कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । डब्लूएचओका निर्देशन टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोनाभाइरस महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको प्रतिक्रिया दिएका हुन् ।

भारतसँगै यसका छिमेकी देशहरु नेपाल, श्रीलंका, थाइल्याण्ड, भियतनाम लगायत देशहरुमा पनि कोरोनाको अवस्था चिन्ताजनक अवस्था भएको टेड्रोसले बताएका हुन् ।

साथै यी देशमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता भएको उनको भनाइ छ । निर्देशक गेब्रियसले नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलता निम्त्याउने बताए ।

कोरोनाको नयाँ लहर पहिलेको भन्दा खतरनाक र गम्भीर भएको भन्दै टेड्रोसले भारतको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । भारतमा फैलिरहेको संक्रमणको दर तिब्र भएकोमा धेरै तिरबाट विभिन्न सुझाव आइरहँदा टेड्रोसले यस अवस्थालाई सम्बोधन गरेका हुन् ।

भारतसँगै छिमेकी देशहरुको अवस्था पनि चिन्ताजनक रहेको उनले बताएका हुन् । यता नेपालका प्रधानमन्त्री केपी ओलीले भने नेपालको अवस्था नियन्त्रणमा रहेको बताइरहँदा डब्लूएचओका निर्देशक टेड्रोसले यस्तो प्रतिक्रिया दिएका हुन् ।एजेन्सी

प्रतिक्रिया