कोभिड–१९ बाट बच्न घरमै आचारसंहिता

कोभिड–१९ बाट बच्न घरमै आचारसंहिता

दैलेख : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गुराँस गाउँपालिकाका बालबालिकाहरुले समेच आ–आफ्नो घरमा आचारसंहिता निर्माण गरेका छन् ।
गुराँस गाउँपालिकाका–७ स्थि लक्ष्मी आधारभुत विद्यालयको सुनगाभा बाल क्लबका बालबालिकाहरुले कोभिड–१९ को लक्षण र बच्ने उपायहरु, कोभिड–१९ बाट बच्नको लागि घरमा पालना गर्नु पर्ने आचारसंहिता निर्माण गरेका छन् ।
बालबालिकाहरुले निषेधाज्ञाको समयमा बालबालिकाले गरेका महशुस, र उनिहरुले शिक्षामा चाहने परिवर्तन र निषेधाज्ञाको अबधिमा पनि शिक्षालाई निरन्तरता दिन कसले सहयोग गर्ने भन्नेबारे चित्र द्वारा प्रस्तुत गरेका छन् ।
बालबालिकाहरुलाई सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सहजिकरण गरिरहेको छ ।

प्रतिक्रिया