कोरोनाबाट सुरक्षित रहन ‘साँप सिंढी खेल’

कोरोनाबाट सुरक्षित रहन ‘साँप सिंढी खेल’

दैलेख : कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन जनचेतना जगाउन ‘साँप सिंढी खेल’ प्रयोगमा ल्याईएको छ । बालबालिका तथा उनिहरुको परिवारका सदस्यहरुलाई सुरक्षित व्यवहार परिवर्तनको लागि उत्प्रेरित गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप लिन प्रोत्साहन गर्ने उदेश्यले खेल प्रयोगमा ल्याईएको हो ।

८ बर्ष माथीका बालबालिका र परिवारका सदस्यहरुका लागि तयार पारिएको खेल मंगलवार गुराँस गाउँपालिकाका दुई वटा बाल क्लबका बालबालिकाहरुलाई प्रदान गरिएको छ ।

गुराँस गाउँपालिका–५ को प्रगतिशील बाल क्लब र गुराँस गाउँपलिका–४ को लक्ष्मी बाल क्लबका बालबालिकाहरुलाई ‘साँप सिंढी खेल’ खेल्ने तरिकाबारे जानकारी गराईएको सहयात्रा दोस्रो परियोजनाका बाल अधिकार प्रवद्र्धन अभियान्ता पूर्णबहादुर महतराले बताए ।

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा ‘साँप सिंढी खेल’ खेल खेल्ने तरिकाबारे जानकारी दिनुका साथै खेल खेलाउन आवश्यक सामग्रीहरु बालक्लबका सबै पदाधिकारीहरुलाई वितरण गरिएको महतराले बताए ।

प्रतिक्रिया