बालेनको १९ हजार मतको अग्रता

बालेनको १९ हजार मतको अग्रता

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर १९ हजार पुर्याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार शाहले ४७ हजार ७५२ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।

बालेन र दोस्रो स्थानमा रहेकी सिंहको मतान्तर १८ हजार ९३७ रहेको छ । यस्तै नेकपा (एमाले) का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छिन् । डंगोलले ४४ हजार ७०५ मत पाउँदा प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत मात्र पाएका छन् ।

प्रतिक्रिया