युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिम सम्पन्न

युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिम सम्पन्न

एच.एस. थापा
भाद्र ८, दैलेख, युवाहरुका लागि विपद जोखीम व्यवस्थापन र जलवायु परिवर्तन सम्वन्धि तालिम आज सम्पन्न भएको छ । हाल जल्दोवल्दो सवालमा रहेको जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापन सम्वन्धि तालिमको माध्यमवाट युवाहरुको क्षमता विकास गरि समुदायमा परिचालन गर्ने उद्देस्यका साथ तालिम संचालन गरिएको हो ।

युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमको समापनमा वोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा
युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमको समापनमा वोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा
युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमका सहभागिहरु
युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमका सहभागिहरु
युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमको समापनमा वोल्दै जिल्ला युवा संजालका अध्यक्ष रत्न वहादुर थापा
युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमको समापनमा वोल्दै जिल्ला युवा संजालका अध्यक्ष रत्न वहादुर थापा

एईआई लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, देलेखद्धारा संचालित महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत कार्यक्षेत्र बांसी, वडाखोला, भैरीकालीकाथुम, विन्ध्यावसीनी र दैलेख वजारमा रहेका युवा क्लवका सदस्यहरु गरि १७ जना सहभागीहरुको विचमा ३ दिने विपद् जोखीम व्यवस्थापन र जलवायु परिवर्तन सम्वन्धि तालिम भाद्र ६ देखि ८ गते सम्म दैलेख वजारमा सम्पन्न भएको छ । क्षमता विकासको माध्यमबाट विपद जोखीम न्यूनीकरण तथा जलवायु परिवर्तनबाट भएको असरलाई न्यूनीकरणको लागि यो तालिम संचालन गरिएको हो । तालिममा विभीन्न कार्यक्षेत्रका युवा क्लवका सदस्यहरुको सहागिता रहेको थियो । तालिमलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम संयोजक दुर्गा गिरी र सुपरभाईजर कमला भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
तालिम समापन समारोहमा वोल्दै सहभागि कृण्ण कुमारी विकले तालिममा सिकेका विषयहरुलाई आ आफ्नो युवा क्लवमा सिकाउने र व्यवहारमा उर्ताने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसैगरि अर्का सहभागि सुजन रानामगरले हामीले नयाँ विषय वस्तुमा सिकेको र व्यवहारमा प्रयोग गर्नु पर्ने विषय रहेकोले व्यवहारमा प्रयोग गरिने वताउनु भएको थियो । समापन समारोह वोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले युवा क्लव तथा संजाललाई समुदायको परिवर्तनको वहाक भएकोले सकारात्मक परिवर्तन गर्नको लागि युवाहरुलाई गाउ विकासमा युवाहरु लाग्नु पर्ने वताउनु भयो । कार्यक्रम समापन समारोह जिल्ला युवा संजालका अध्यक्ष रत्न बहादुर थापाको अध्यक्षता र दुर्गा गिरीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया