चिनियाँ नेता लिउ आज नेपाल आउँदै

चिनियाँ नेता लिउ आज नेपाल आउँदै

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार नेपाल आउँदै छन् ।

बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने लिउले चार दिने नेपालमा बिताउनेछन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले जानकारी दिएको छ ।

लिउले अलग अलग भिडिओ वार्ता गरेका थिए । लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन् । चीनमा उनको हैसियत मन्त्रीसरह छ ।

प्रतिक्रिया