भारत भ्रमण फलदायी र उपलब्धिमूलक : अध्यक्ष दाहाल

भारत भ्रमण फलदायी र उपलब्धिमूलक : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको बताएका छन ।  आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताउनुभयो। अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित भएको पनि बताए। उनले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनका लागि सम्बन्धलाई विस्तार गर्ने कुरामा सहमति भएको बताए

उनले भने, ‘‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो जनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहित भएको छु। दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु। कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रम संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ।’’

अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध विस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए। अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिए पनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन। अध्यक्ष दाहाल तीनदिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ।

प्रतिक्रिया