बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

 

काठमाडौँ :  कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यो निर्णय कन्जरभेटिभ सांसदहरू बीचको अन्तिम चरणको मतदानमा लिइएको हो।

पाँचौं चरणको मतदानमा ऋषि सुनकले सर्वाधिक १३७ मत प्राप्त गरे भने लिज ट्रसले ११३ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरिन् । यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन् । यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए ।

अब दुवै उम्मेदवारबीच २५ जुलाईमा बीबीसीमा वान टु वान बहस हुनेछ । यससँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्रमार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ ।

प्रतिक्रिया