अमेरिकाका राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

अमेरिकाका राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौँ : अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको जानकारी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको पनि खबरमा उल्लेख छ । ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उनले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताएका छन् ।

राष्ट्रपति बाइडेनले यसअघि नै कोरोनाविरुद्धको बुष्टरमात्रा समेतको खोप लगाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया