दैलेखमा चट्याङ लागेर १२ घाइते

दैलेखमा चट्याङ लागेर १२ घाइते

दैलेख : दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतवार दिउँस वर्षातसहित परेको चट्याङले जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ को सेर्माकोटका १२ जना घाइते भएका छन् । स्थानीय रमेश सिंह लगाएतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएको वडाध्यक्ष यामबहादुर विस्टले बताए । वडाध्यक्ष विस्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ । ‘कोदो गोड्ने खेतेलाहरु दिउँसको खाजा पकाएर खाईरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उनले भने ।

वडाध्यक्ष विस्टले चट्याङले लागेर केहि पशु चौपायाहरु मरेको बताए । केहि खसी र गाई मरेको उनले बताए । घाइतेहरुको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाईएको उनले बताए । ‘घाइतेहरुको अवस्था गम्भिर छैन्, कसैको हात जलेको छ, कसैको आँखामा चोट लागेको छ, उपचारका लागि बोलेरो जीपमा राखेर दैलेख अस्पतालतर्फ पठाईएको छ,’ वडाध्यक्ष विस्टले भने । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरुलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको र क्षतीको थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया