जापानमा बाँदरले मान्छेलाई हमला गर्न थालेपछि गोली हान्न थालियो

काठमाडौँ : जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोह माथि गोली प्रहार गर्न थालिएको छ । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको थियो ।
करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् ।
‘प्रत्यक्षदर्शीहरुले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।
सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ । एजेन्सी

उत्तरी फिलिपिन्समा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु

पहिलो पटक राष्ट्रपतिका उम्मेदवार बाइडेन र ट्रम्पबीच बहस

हतियार उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति नेतान्याहु असन्तुष्ट

अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार जहाज बेपत्ता

भारतले चन्द्रमामा पठायो चन्द्रयान-३

प्रतिक्रिया