सोसेकको सामाजिक तथा लैङ्गिक परिक्षणमा राउटे

सोसेकको सामाजिक तथा लैङ्गिक परिक्षणमा राउटे

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको छ । शनिवार दैलेख सदरमुकाममा संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको हो । महिला, बालबालिका, दलित, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेकले आफ्नो १५ औं संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको हो ।

संस्थाको १५ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षणमा राउटे समुदायका नागरिकहरु पनि सहभागि भएका छन् । भगवतीमाई गाउँपालिका–४ मनघर चौरमा बस्ती बसिरहेका उनिहरु संस्थाको संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रमका लागि जिल्ला सदरमुकाममा आईपुगेका थिए ।

राउटे समुदायका युवतीहरु गाजली र सम्झना शाही तथा युवाहरु कलम शाही र दिपक शाही कार्यक्रममा सहभागि भएका हुन् । उनिहरुलाई अतिथीको रुपमा कार्यक्रम अवधीभर बसे । उपस्थिती रजिस्टरमा आफैले हस्ताक्षर गरेर उपस्थिती जनाए ।

सोसेक नेपालले राउटे समुदायमा राउटे परियोजना सञ्चालन गरिरहेको छ । समुदायमा सञ्चालित राउटे परियोजनाले समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । राउटे समुदायका नागरिकहरुको अधिकार सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजनामार्फत जोडि शिक्षक र दुई जना स्वास्थ्यकर्मी राउटे बस्तीमा खटाईएको छ । राउटे नागरिकको जनसंख्या अहिले १ सय ४४ छ ।

प्रतिक्रिया