सोसेकको पाँच वर्षे रणनैतिक योजना : बालबालिकाले दिए यस्ता सुझाव

सोसेकको पाँच वर्षे रणनैतिक योजना : बालबालिकाले दिए यस्ता सुझाव

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको वार्षिक रणनैतिक योजना निर्माण गर्नका लागि बाल परामर्श बैठक संचालन गरिएको छ । जिल्लाको गुराँस गाउँपालिकास्थित गुराँसेमा सञ्चालन भएको बैठकमा गाउँपालिकाको वडा नम्बर  १ देखी ८ सम्म प्रत्येक वडाबाट ३ जना गरी २४ जना बालबालिकाको सहभागिता थियो । सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले बाल परामर्श बैठक आयोजना गरेको थियो ।

सोसेक नेपालको पाँच वर्षे रणनैतिक योजना २०७९ देखि २०८३ सम्मको लागि निमार्ण हुन लागेको हो । पाँच वर्षे रणनैतिक योजना निमार्ण गर्दै गर्दा बालबालिकाको क्षेत्रमा कस्ता खालका कार्यक्रम समावेश गर्दा उपयुक्त हुन्छ भन्ने सवालमा बालबालिका स्वंयमबाट नै योजना छनौट गर्न बाल परामर्श बैठक आयोजना गरिएको हो ।

कार्यक्रमा उपस्थित बालबालिकाहरुको समुह निर्माण गरी एच एसिस्मेन्ट टुल्सको प्रयोग गरी संस्थाले गरेका राम्रा काम, सुधार गर्नु पर्ने पर्ने काम र आगामी दिनको लागि संस्थाका लागि संकलित सुझाब संस्थाको रणनैतिक योजनामा समावेश गरिनेछ । बालबालिकाले आगामी दिनमा संस्थालाई विभिन्न क्रियाकलापहरु रणनैतिक योजनामा समावेश गर्न अनुरोध गरेका छन् ।

बालबालिकाहरुले बाल मैत्री वडा तथा स्थानिय तह, बालबिबाह छाउपडी न्यूनिकरण, बालश्रम नियन्त्रण, हिंसा न्यूनिकरण, बाल मैत्री विद्यालय निर्माण, जोखिममा रहेका बालबालिकाको खोज तथा उद्धार, बालबालिकाको क्षमता विकास, अभिभावक शिक्षा लगाएतका क्रियाकलाप रणनैतिक योजनामा समावेश गर्न सुझाव दिएका हुन् ।

परामर्श बैठकबाट पेस भएका योजना तथा कार्यक्रमहरु संस्थाको रणनैतिक योजनामा समावेश गरिने सोसेक नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख हीरासिंह थापाले बताए । बालबालिकाको सहभागितामा संचालन भएको बैठकको सहजिकरण संस्थाको मिल संयोजक सन्तोशी शाहले गरेकी थिइन् ।

प्रतिक्रिया