अन्तर्राष्ट्रिय युवा दिवस : भैरबीमा अन्तरक्रिया

दैलेख : दैलेखको भैरबी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अबसर पारेर अन्तरक्रिया कार्यक्रम गरिएको हो । एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोगमा भैरबी गाउँपालिकाको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘युवामैत्री विश्व निर्माणमा अन्तरपुस्ता ऐक्यबद्धता’ भन्ने नारासहित दिवसको अबसरमा अन्तरक्रिया गरिएको हो ।
सोहि अबसरमा युवा दिवशको बारेमा जानकारी दिईएको छ । युवा भनेका को हुन ? युवाको सहभागीताका, युवा मैत्री शासन प्रणाली, युवाका साझा सवाल र युवा सम्बन्धि बनेका नीति नियमका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
भैरबी गाउँपालिका–१ मा गठित जनजागरण युवा संजालका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रिता कुमारी शाही, प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर विक, भैरबी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्ष, शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख र प्रहरी प्रमुख र भैरबी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म गठित युवा क्लवका सदस्यहरूको सहभागीतामा थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहीले स्थानिय तहमा युवाको लागि कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाइन् । उनले युवाका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवसमा ‘अन्तरपुस्ता ऐक्यवद्धताः सबै उमेर समूहमैंत्री विश्व निर्माणमा प्रतिवद्धता’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ ।

कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग ?

जोखिममा रहेका वालवालिकालाई शैक्षिक सामाग्री सहयोग

दैलेखमा मनाइयो, अन्तराष्ट्रिय मानव बेचविखनविरुद्ध दिवस

धुवाँले निस्सासिएर दिदी बहिनीको मृत्यु,नवजात शिशुको अवस्था गम्भिर

शैक्षिक विकास लागि प्रधानाध्यापकहरुले इच्छाशक्तिका साथ काम गर्न आग्रह

प्रतिक्रिया