ब्लड क्यान्सर पीडितद्वारा सहयोगको अपिल

ब्लड क्यान्सर पीडितद्वारा सहयोगको अपिल

दैलेख : दैलेखको भैरबी गाउँपालिका–६ का १९ वर्षिया किशोर सन्तोष अधिकारीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । ब्लड क्यान्सरबाट पीडित अधिकारीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार अधिकारीको केहि महिनादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले अधिकारीको उपचारमा सहयोग गर्न अपिल गरिएको हो ।

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा वन विज्ञान संकायमा अध्ययनरत उनका उपचारमा हालसम्म आठ लाख बढि खर्च भईसकेको पारिवारिक स्रोतले जनाएको छ । ‘अहिलेसम्म उपचारमा ८ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, किशोर सन्तोषका बुवा लक्ष्मीप्रसाद अधिकारीले भने, ‘मेरो छोरा अस्पतालको शैयामा छट्पटाईरहेको छ, डाक्टर सावहरुसँग कुरा गर्दा उपचारमा ५० लाख रुपैयाँ खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’ हालसम्म ऋण गरेर छोराको उपचार गरिरहेको उनले बताए । ‘घरमा बिहान बेलुका मजदुरी गरेर छाक टार्न पर्ने अवस्था छ, यति महङ्गो उपचार गर्न सक्ने स्थिति छैन, त्यसैले सहयोगको अपिल गरेका हौ,’ लक्ष्मीप्रसादले भने ।

सन्तोषको उपचार खर्च जुटाउन आर्थिक संकलन अभियान नै थालिएको स्थानीय गणेश न्यौपानेले बताए । ‘वैदेशिक रोजगारीमा रहनुभएका र नेपालमै रहनुभएका मनकारी व्यक्तिहरुले सन्तोषको उपचारमा सहयोग गर्नुभएको छ’ न्यौपानेले भने ‘सन्तोषको जीवन बचाउन मनकारी सबैलाई सहयोग गरिदिन अपिल गर्दछु ।’ ब्लड क्यान्सरबाट पीडित सन्तोषको उपचारमा सहयोग गर्न चाहानुहुनेहरुले सन्तोष अधिकारीको नाममा राष्ट्रिय बाणिज्य बैंक किर्तिपुर शाखामा रहेको खाता नम्बर ११७०१००६०४५८६०१० मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया