बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्तमा २६ जनाको मृत्यु

बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्तमा २६ जनाको मृत्यु

काठमाडौं :  भारी वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको मृत्यु भएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका छन् ।

मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भइ बाढी गाउँ पसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया