सोसेक नेपालको कार्यसमितिको जिम्मेवारी बाँडफाँड

सोसेक नेपालको कार्यसमितिको जिम्मेवारी बाँडफाँड

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कार्य समितिको जिम्मेवारी बाँडफाँड गरेको छ । संस्थाको केन्द्रिय कार्य समितिको बैठकले कार्य समितिको जिम्मेवारी बाँडफाँड गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको शनिवार सम्पन्न गौरबमय २५ औँ वार्षिक उत्सब, साधारण सभा तथा रजत जयन्ती समारोहले अध्यक्ष र सदस्यहरु सर्वसम्मत चयन गरेको थियो ।

साधारण सभाले अध्यक्षमा मञ्जुकुमारी खड्कालाई चयन गरेको थियो । संस्थाका निवर्तमान अध्यक्षमा हीरासिंह थापा रहेका छन् । २५ औँ वार्षिक उत्सब, साधारण सभा तथा रजत जयन्ती समारोहपछि चयन भएका अध्यक्ष र सदस्यहरुको बैठकले चयन भएका सदस्यहरुबाटै पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेको हो ।

बैठकले उपाध्यक्षमा कविराज रिजाल, महासचिवमा महेन्द्र कुमार कार्की, कोषाध्यक्षमा कमला चन्द र सचिवमा ललिताकुमारी भण्डारीलाई जिम्मेवारी तोकेको संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका कार्यकारी प्रमुख एवं संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । यस्तै सदस्यहरुमा सुजन न्यौपाने, कमला कुमारी बादी नेपाली, मनसरा थापामगर, संगिता राना र युवा अपाङ्ग प्रतिनीधि सदस्यमा लक्ष्मण कुमार कार्कीलाई जिम्मेवारी तोकेको कार्यकारी प्रमुख थापाले बताए ।

प्रतिक्रिया