ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलट निलम्बनमा

ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलट निलम्बनमा

काठमाडौँ :  ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यले हस्तक्षेप गरेका थिए ।

विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ ।

उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो । एजेन्सी

प्रतिक्रिया