शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल आउन सकेन् : मेयर शर्मा

शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल आउन सकेन् : मेयर शर्मा

दैलेख : नारायण नगरपालिकाका मेयर लोमन शर्माले भविष्यका कर्णधार बालबालिकाको शिक्षा गुणस्तरीय बनाउन सके मात्र देशको विकास सम्भव हुने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको बुधवार साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा गरिएको लगानी जसरी प्रतिफल आउन नसकेको भन्दै नगरका मेयर शर्माले शिक्षक, अभिभावक र बालबालिका सबैलाई जिम्मेवार बनाउनपर्ने सुझाव दिए । उनले सहकार्य गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाका निवर्तमान संयोजक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष पुष्पा थापा र एभरेष्ट क्लवका अध्यक्ष दीपक शाहीले शैक्षिक सुधारका सवालमा आफ्नो धारणा राखेका थिए ।

अधिवेशनले भरतराज अधिकारी अध्यक्ष, अमर सुनार सचिव र राधा मल्ल कोषाध्यक्ष रहेको ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिकारी पारिवारिक वन उपभोक्ता महासंघ, सुनार मानव अधिकारवादी संस्था इन्सेक र मल्ल सेतो गुराँस बाल विकास सेवाबाट प्रतिनिधित्व गरेका छन् ।

सदस्यहरुमा महिला सशक्तिकरण केन्द्रकी डिलकुमारी चन्द, एभरेष्ट क्लवका टेकराज न्यौपाने, दलित जागरण केन्द्रकी सुनिता सुनार, अरनिको सामुदायिक सिकाई केन्द्रकी तुल्सी मल्ल, रेडियो ध्रुवताराका यामराज बिष्ट चुनिएका छन् ।  त्यसैगरी न्यू ज्वाला क्लव दैलेखका विशाल सुनार, रेडियो दुल्लूका प्रभाकुमार बिक र रेडियो मातृभूमी एफएमका भीमबहादुर सिजापति पनि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको सदस्य रहेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष पुष्पा थापाको अध्यक्षतामा एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही र युवा अभियन्ता प्रतिमा थापामगर सदस्य रहेको निर्वाचन मण्डलले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखा समितिको निर्वाचन गराएको हो ।

प्रतिक्रिया