आमा समुहको बैठकमा बाल विवाहबारे छलफल

आमा समुहको बैठकमा बाल विवाहबारे छलफल

दैलेख : विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।

वाल विवाहले शारीरिक तथा मानसिक रोगको शिकार हुने, बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुम्ने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुनुपर्ने, कामको बोझ बोक्नुपर्ने, बहुविवाह लगाएतका समस्या निम्त्याउने गरेको छ । यद्धपी बाल विवाह अन्त्य भने हुन सकेको छैन् । बाल विवाह विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न पहल समेत गरिरहेका छन् ।

कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आईरहेको सोसेक नेपालले बाल विवाह विरुद्धको अभियान नै चलाईरहेको छ । संस्थाले ‘विहेवारी २० वर्ष पारी’ को नारासहित समुदायस्तरमा चेतनामूलक लगाएतका कार्यक्रमहरु गरिरहेको छ ।

यहि क्रममा भैरबी गाउँपालिकामा पनि बाल विवाह विरुद्ध विभिन्न क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । सोसेक नेपालको अगुवाईमा भैरबी गाउँपालिका वडा नम्बर ३ मा गठित सिमलचाखा आमा समुहको बैठकमा पनि बाल विवाहकै सवालमा छलफल भएको छ । उक्त एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ ।

आमा समुहको बैठकमा बाल विवाह अर्थात २० वर्ष भन्दा कम उमेरमा विवाह गर्दा उत्पन्न हुने समस्याबारे छलफल भएको छ । साथै बाल विवाह भएको थाहा पाएमा बाल हेल्पलाइन १०९८, नेपाल प्रहरी, राष्ट्रिय महिला आयोगमा जानकारी गराउने सम्बन्धमा आमा समुहका सदस्यहरुसँग छलफल तथा जानकारी गराईको छ ।

प्रतिक्रिया