राउटे बस्तीमा राष्ट्रिय बाल दिवस

राउटे बस्तीमा राष्ट्रिय बाल दिवस

दैलेख : लोपोन्मुख जाती राउटे समुदायको बस्तीमा राष्ट्रिय बाल दिवस, २०७९ मनाईएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा दिवस मनाईएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले बाल दिवसको अबसरमा कार्यक्रम आयोजना गरेको थियो । यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिकामा बसोबास गरिरहेका फिरन्ते जाती राउटे समुदायमा आयोजित राष्ट्रिय बाल दिवसमा बालबालिकाहरुले प्ले कार्ड प्रर्दशन गरेका थिए । उनिहरु समुदायका अगुवा र अभिभावकसँगै परम्परागत संस्कृति अनुसार नाचे पनि ।

लोपोन्मुख राउटे समुदायका बालबालिकाले सरकारी तथा गैरसरकारीको सहयोगमा पछिल्लो केहि बर्षयता बाल दिवस मनाईरहेका छन् । बुधवार आयोजित कार्यक्रममा सोसेक नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापा लगायत सहभागि थिए ।

राउटे समुदायमा एईआएन लक्जेम्वर्गको सहयोगमा सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । समुदायमा सञ्चालित राउटे परियोजनाले समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

राउटे समुदायका नागरिकहरुको अधिकारकार सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजनामार्फत जोडि शिक्षक र दुई जना स्वास्थ्यकर्मी राउटे बस्तीमा खटाईएको छ । हाल राउटे समुदायको जनसंख्या एक सय ४४ जनाको हाराहारीमा छ ।

प्रतिक्रिया