गुराँस गाउँपालिकामा राष्ट्रिय बाल दिवस

गुराँस गाउँपालिकामा राष्ट्रिय बाल दिवस

दैलेख : बालमैत्री समाजको आधार : जिम्मेवार परिवार र उत्तरदायी सरकार भन्ने नारा सहित गुराँस गाउँपालिकाले राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा ‘बालविवाह न्यूनिकरणमा विद्यार्थीको भूमिका विषयक’ पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । वक्तृत्वकला प्रतियोगितामा १२ वटा माध्यामिक विद्यालयका २३ जना छात्र छात्राहरुको सहभागिता रहेको थियो ।

गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर वि.सिले भने ‘हामी नयाँ समाज निर्माण गर्ने क्रममा छौं ।’ परम्पराकाल देखि समाजमा चलिआएका गलत परम्पराको अन्त्य नगरेसम्मा नयाँ समाज निर्माण हुन नसक्ने उनको भनाई थियो । उनले थपे, हाम्रो समाजको प्रगतिको वाधक बालविवाह, छाउपडी प्रथा, जातिय छुवाछुत लगाएतका गलत परम्पराहरु हुन । यस्ता गलत परम्पराको अन्त्यका लागि बाल वालिकादेखि नै जनचेतनामुलक अभियान सञ्चाल गर्न आवश्यक छ ।

वकतृत्वकला प्रतियोगितामा सहभागी भाईवहिनीहरुले आफुलाई धेरै कुरा सिकाएको उनको भनाई थियो । उनले थपे, बालविवाह न्यूनिकरण सम्बन्धी हामीलाई नभएको जानकारी बालबालिकाले दिएका छन् । बालविवाह न्यूनिकरण सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको बारेमा प्रष्टसँग भनेका छन् जुन हाम्रो लागी नयाँ सिकाई हो ।

प्रतिष्पर्धामा सहभागी सबै भाईवहिनीहरुले अब्बल प्रस्तुति गरेकोप्रति उनले धन्यवाद दिए । सबैका प्रस्तुतिकरण साह्ै उत्कृष्ट छन् । तिनै उत्कृष्ट मध्येका पनि एक जनाले पुरस्कार पाउने हो । आज कुनै स्थान हासिल गर्न नसकेकाका भाईवहिनीहरुले आफुमा भएको कमजोरी पहिचान गरी आगामी दिनमा अझै राम्रो प्रस्तुतिकरण गर्न उनले आग्रह गरे । उनको भनाई थियो “बालबालिकाप्रति स्थानीय सरकार जिम्मेवार छ ।”

उनले थपे, विद्यालयमा गएर हामीले आलोचना ग¥यौ होला, विद्यालयको क्षमता बढेन, शिक्षामा गुणस्तरीयता आएना भन्यौ हौला तर तपाईहरुको क्षमता देख्दा आज हामीलाई आश्चर्य लागेको छ । वास्तवमा सोचेभन्दा धेरै बालबालिकाहरुमा परिवर्त आएको रहेछ । हामीले तपाईहरुको क्षमतालाई न सम्मान गर्न सक्यौ न पहिचान गर्न सक्यौ । बालबालिकालाई त्यस्तो अवसर दिन सकेनौ जुन तपाईहरुसँग भएको क्षमता पहिचान गर्ने । गुराँस गाउँपालिका बालबालिकाको हक हितका लागि प्रतिवद्ध भएको बताउदै उनले थपे, पालिका बालबालिकाको प्रतिभा पहिचान गरी आवश्यक सहयोग गर्न तयार छ ।

गुराँस गाउपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले भनिन् वालविवाह मुक्त बनाउने आफ्नो प्रतिवद्धतालाई तपाईहरुले सहयोग गर्नु भएको छ । बाल विवाहबाट हुने असर र कानुनी प्रक्रियाको बारेमा हामी भन्दा बढि तपाईहरु जानकार हुनुहुन्छ । बाल विवाहले गर्दा कुपोषण, वेरोजगारी जस्ता समस्याहरु निम्त्याएको बताउदै खड्काले भनिन बालविवाह न्यूनिकरणका लागि हामी बाटै सुरुवात गरौ, आजैदेखि सुरुवात गरौ । तपाई हामी सबैको सयुक्त प्रयासले गुराँस गाउपालिका बालविवाह मुक्त घोषण हुन सहयोग पुग्ने छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम निर्देशक नवराज बि.सि.ले भने देश संघिय शासन प्रणालीमा प्रवेश गरिसकेपछी यस्ता कार्यक्रम पहिलो पटक स्थानीय तहमा आयोजना गरिदैछ । मानविय क्षमता विकासको लागि यस्ता अभियानहरुले सहयोग गर्ने गर्दछन् । अहिले पनि अपाँगता भएका बालबालिकाहरु सहजै विद्यालय जान सक्ने अवस्था देखिदैन । त्यस्ता बालबालिकाहरुलाई सहजीकरण र सहयोग गरेर विद्यालय भर्ना तथा नियमित गराउन सक्नुहुन्छ । हामीलाई आशा छ गुराँस गाउँपालिकाले बालबालिकाको हक हित र सरक्षणका लागि अझै सहयोग गर्न तयार हुनेछ ।

वक्तृत्वकला प्रतियोगतामा सहभागी बालबालिकाहरु मध्ये सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा भविसरा रामजाली प्रथम, कृणा माध्यामिक विद्यालय सानाकाडामा अध्ययनरत छात्रा शुशिला चन्द द्धितिय, मालिका माध्यामिक विद्यालयकी छात्रा अस्मिता खड्का तृतिय र पार्वति माध्यामिक विद्यालय गोगनपानीका छात्र प्रेमबहादुर सुनारले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रथम पुरस्कार प्राप्त भविसरा रामजालीले भनिन् “बालविवाह हुने कारण गरिवी, देखासिखि, सामाजिक सञ्जालको दुरुपयोग, कुपर्था, किशोरा अवस्थामा हर्माेनका कारण यौन भावनालाई व्यवस्थापन गर्न नसक्नु हो । बालविवाहले बालबालिकाकोे शिक्षा, महिलाहरुको प्रजनन स्वास्थ्य लगाएतका अन्य क्षेत्रहरुमा पनि असर गर्ने उनको भनाई थियो । उनले थपिन, बालविवाह गर्ने पनि विद्यार्थी र बाल विवाह रोक्न सक्ने पनि विद्यार्थी भएकाले माध्यामिक तहका विद्यार्थीहरुलाई बालविवाहको बारेमा सचेत गराउदै जाने हो भने कम्तिमा पनि बालविवाह ५० प्रतिशत सम्म रोक्न सकिन्छ ।

बालबालिकाहरुले विहेवारी २० वर्ष पारी, नगरौ विहेको कुरा भएको छैन २० वर्ष पुरा भन्ने नारा र ¥याली सहित बजार परिक्रमा गरेका थिए । कार्यक्रम गुराँस गाउँपालिका, सोसेक नेपाल र सेभ द चिल्ड्रेनको सयुंक्त साझेदारीमा सञ्चालन गरिएको थियो । राष्ट्रिय बाल दिवसको उपलक्षमा गुराँस गाउँपालिकाका सबै वडाहरुमा बालबालिकाको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया