बाल दिवसमा ‘आँखा र कानको स्वास्थ्य सवालमा वक्तृत्वकला’

बाल दिवसमा ‘आँखा र कानको स्वास्थ्य सवालमा  वक्तृत्वकला’

दैलेख : ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार उत्तरदायी सरकार’ मूल नारासाथ देशभर आज ५८ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । यस क्रममा विभिन्न सरोकारहरुको सहकार्यमा नारायण नगरपालिकाले दैलेख सदरमुकाममा मावि स्तरीय आँखा र कान स्वास्थ्य सवाल वक्तृत्वकला प्रतियोगिता ग¥यो ।

प्रतियोगितामा त्रिभुवन मावि दैलेखका भरत शाही, महेन्द्र मावि सोतकी आस्था सुनार, रैनादेवी मावि टाटामाखुकी चन्द्रा नेपाली क्रमशः प्रथम, द्धितीय र तृतीय भएकी थिइन् । रेडक्रस मावि भूर्तीकी पूर्णिमा रेग्मी र नेपाल राष्ट्रिय मावि कालिमाटीकी सपना रोकायलाई सान्त्वना पुरस्कार दिइएको थियो ।

त्यस अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को स्वयम्सेवी समूहले घरेलु हिंसाको कारण उब्जेको पारिवारिक विखण्डन र बालबालिकालाई पारेको असर विषयमा सडक नाटक प्रस्तूत गरिएको थियो ।

युवा अभियन्ता सुनिता सोनीको निर्देशनमा तयार पारिएको नाटक दर्शकहरुले समसामयिक र सन्देशमूलक भएको भन्दै गाउँका कुनाकन्दरामा समेत सडक नाटक देखाइनुपर्ने बताएका थिए ।

नारायण नगरपालिकाका उपमेयर तप्ता थापाले समाजमा भइरहेको घरेलु हिंसा र बालबालिकालाई परेको असर न्यूनीकरण गर्न महिला स्वास्थ्य स्वयमसेविका, नागरिक समाज संस्था, स्वास्थ्य सेवा कार्यालयको ओसीएमसी, प्रहरी लगायतको सडक नाटकमा देखाइएको जस्तो सहकार्यता जरुरी रहेको बताइन् ।

उपमेयर थापाले बालबालिकाहरुलाई अधिकार बारे अभिभावक र शिक्षकहरु बढी सम्वेनशील हुनुपर्ने र बालबालिकाहरुले अधिकारसंगै कर्तव्यपालनालाई ध्यान दिनुपर्ने औल्याइन् । उनले स्वास्थ्य सावधानी अभिबृद्धि गर्नलाई मावि स्तरीय आँखा र कान स्वास्थ्य सवाल प्रतियोगिता गरिएको बताइन् ।

राष्ट्रिय बाल दिवस सन्दर्भ र यो वर्षको मूल नारा ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार उत्तरदायी सरकार’ विषयमा जिसस उपप्रमुख केशवबहादुर शाही, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा र नारायण नगरपालिकाका शिक्षा, युवा, खेलकदू शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया