बलापनमै टुहुरा, हजुरबुबाको निधनपछि साहारा बिहिन

बलापनमै टुहुरा, हजुरबुबाको निधनपछि साहारा बिहिन

सुर्खेत : निर्दोष अनुहार । ख्याउटे शरिर । बिनोद र काले दुई दाजुभाई हुन् । यसै टुहुरा, बेसहारा । उमेरले ९÷१० वर्षको काले र बिनोद साहाराको खोजीमा छन् । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीका बिनोद र काले विकका आमा बुबा र पालन पोषण गर्दै आएको हजुरबाको निधन पश्चात् बेसाहारा भएका छन् । उनीहरुको यो संसारमा कोही छैन । २०७३ सालमा सुत्केरी हुन नसकेर उनीहरुकी आमा रंगा विकले अस्पतालको शैया मै प्राण त्यागिन् । घरको आर्थिक अवस्था दयनीय थियो । त्यसैका कारण बुबाले पनि उपचार नपाएरै संसार छाडे ।

आमा बुबाले संसार छाडे पनि काले र बिनोदलाई आमाबुबाको माया दिदै आएका ७६ वर्षे हजुरवा किथ्थे कामीको मृत्युपछि बेसहारा भएको स्थानीय गणेश विक बताउँछन् । आमाबुबाले छाडेर गएपनि वृद्ध हजुरबुबाले पालनपोषण गर्दे आउनु भएको थियो, ’उनले भने, ‘वृद्ध हजुरबाको पनि निधन भएपश्चात् बेसहारा भएका छन् ।’

आमाबुबा र वृद्ध हजुवाको न्यास्रोले आकाशमा हेलिकप्टर गुट्गुटाउन दिदैनन् । हेलिकप्टरको आवाज सुन्नासाथ आमाबुबा र हजुरबालाई पठाइदिन हारगुहार गर्छन । तर हेलिकप्टरले डाडो काटिसकेपछि थाकेर बस्छन् । दिनचर्या यसरी नै बितेको स्थानीय बताउँछन् । बिनोद र काले घरको बार्दलीबाट झरेर करेसाबारीमा पुग्छन् । कालेले ठुलो स्वरले कराउँछ ‘चिलगाडीअ मेरा बाआमालाई पठाइदिनु, है…… । ठुलो स्वरले आकाशमा उड्ने हेलिकप्टरलाई हारगुहार गर्दै रैबार पठाउछन् तर पनि उनीहरुको हारगुहार कसैले सुन्दैन । कालेले बोलेर नसक्दै अर्को बिनोदले पनि ठुलो स्वरले कराउँदै भन्छन् ‘मेरो हजुरबुबालाई पनि चाँडै पठाइदे है चिलगाडी …….।’ ठुलो ठुलो स्वरले कराउँदै करेसाबारीको छेउसम्म पुग्छन् ।
२०७३ सालमा आमा गुमाए । त्यसको केही समयपछि बुबा औषधी उपचार गर्न नसकेर सधैका लागि अस्ताए । अन्तिम साहारा भनेका हजुरवा किथ्थे कामीको पनि ७६ वर्षको उम्मेरमा यहि भदौ महिनामा निधन भयो । अहिले उनीहरुको सहारा कोही छैन । ११ वर्षका बिनोद ९ वर्षका काले विक अहिले साहाराको खोजीमा छन् ।

आमा बुबा दुबै गुमाएका यि टुहुरा बालक अहिले पनि आमाबुबा फकिन्छन् कि भन्ने आशामै छन् । सुत्केरी हुन नसक्दा आमाको मृत्यु हुँदा काले बिक तीन वर्ष र बिनोद बिक चार वर्षको थिए । आमाको मृत्यु भएको तीन वर्ष पछि कलिलै उमेरमा बुबा चक्र बिकले पनि सधैका लागि संसार छोडे । आमा बुबा दुबैले साथ छोडेपश्चात् उनीहरु ७६ वर्षे हजुरबुवा किथ्थे कामीसँग बस्दै आएका थिए । ७६ वर्षका हजुरबुवाल पनि संसार छोडे । अब उनीहरुको सहारा कोही रहेनन् ।

आमाबुबा दुबैजनाको मृत्यु भइससक्दा पनि उनीहरुलाई परदेश गएका छन् भन्ठानेर हवाइजहाज आकाशमा उडेको देख्न हुँदैन । देख्नेबित्तिकै ‘चिलगाडीअ मेरा बाबाआमालाई पठाइदिनु भनेर ठुलठुलो स्वरले कराउने गरेको स्थानीय गणेश विको भनाई छ । आमा बाबुको मृत्यु भइसक्यो,’ उनले भने, ‘अझै पनि आमा बुबा आउने आशमा छन् उनीहरुको त्यो पीडा देख्दा मनमा बेचैन हुन्छ ।’ टुहुरा बालकको सहारा भनेकै ७६ वर्षे हजुरबुवा किथ्थे कामी हुनुहुन्थ्यो । हजुरवुबाको मृत्यु पश्चात् सधैका लागि अनाथ भएका छन्’ उनले भने ।

जब चार्डपर्ब नजिक आउँछ र अरुले आमा बाबु भनेर बोलाएको उनिहरुले आमा बुबा कहिले आउछन् भनेर सोध्दा ७६ वर्षे किथ्थे कामीका गहभरी आशु झार्थे । अव सबैले संसार छोडे कसलाई सोध्ने होलान् । हजुरबा हुँदा बितेका आमाबाबु अझै पनि आफुहरुका लागि खानेकुरा र लुगा कपडा ल्याउन परदेश गएको भनेर हजुरबासँग भन्थे । परदेश गएका आमाबाबुको न्यास्रो लाग्दा परदेश गएका आबाबुलाई चाडै घर पठाइदिन आकाशमा उडेको हेलिकप्टरलाई अनुरोध गर्थे । उनीहरुको बालापन मस्तिष्कमा हेलिकप्टर र प्लेनलाई खबर सुनाएपछि आमा बाबुलाई छिटो पठाइदिन्छ भन्ने बिश्वास थियो । अब हजुरबाले नै संसार छोडेपछि अनाथ भए गणेशले भने ।

आर्थिक अवस्था दयनीय
काले र बिनोदका बाबु चक्र बिक कालापहाड गएर मजदुरी गर्दै गरिवारको पालनपापेषण गर्दै आएका थिए । पहिले देखि घरको आर्थिक अवस्था दयनीय थियो । कालापहाड गएर दिनरात मेहनत गर्दा पनि साँझ बिहान खान पुग्दैनथ्यो । भारत गएर परिवार पाल्ने चक्र आफै बिरामी भएर थलिए । गर्भवती हुन नसक्दा श्रीमतीले संसार छोडिन् । अन्तः दुइछोराको चिन्ताले र बिरामले थलिएका चक्र पनि दुई छोरालाई ७६ वर्षिय वृद्ध हजुरबाको साथमा छोड्दै बिदा थिए । ७६ वर्षिय वृद्ध हजुरबुबाको पनि निधन भएपश्चात बिनोद र काले बेसाहारा बनेका छन् । उनीहरु नत पेटभरी खान पाउँछन् नत विद्यालय जान पाउँछन् ।

बिद्यालय जानको लागि नत झोला छ । न कापि कलम नै छ । शरिरमा एकसरो कपडा बाहेक अरु केहि छैन । बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । वृद्ध हजुरबाको सामाजिक सुरक्षाको भत्ताले तिन जना परिवारको गुजारा चलिरहेको थियो । त्यो पनि गुम्यो, अब केही रहेन ।

प्रतिक्रिया