कर्णालीका ५ सिटमा छान्यो माओवादीले उम्मेदवार

कर्णालीका ५ सिटमा छान्यो माओवादीले उम्मेदवार

काठमाडौँ :  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट उम्मेदवार बन्नेहरुको लिस्ट तयार पारेको छ।

प्रदेश इन्चार्जसमेत रहेका नेता कालीबहादुर मल्लका अनुसार कर्णालीमा माओवादीको भागमा ५ क्षेत्र परेको छ। जसमा रुकुम पश्चिममा उपमहासचिव जनार्दन शर्मा, जाजरकोट शक्ति बस्नेत, कालिकोटमा महेन्द्र बहादुर शाही र हुम्लामा छिरिङ डम्दुङ लामाले टिकट पाएका छन्।

त्यसैगरी जुम्लामा माओवादीले गोमा कुँवरलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनमा रहे माओवादीले कर्णालीबाट यसपटक ५ क्षेत्रमा उम्मेदवारी दिनेछ।

प्रतिक्रिया