अपराध अनुसन्धान गर्न प्रहरी सक्षम : एसएसपी बस्नेत
दैलेख, असोज १२ । भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्नेतले अपराध अनुसन्धान गर्न प्रहरी सक्षम रहेको बताएका छन् । आन्तरिक निरीक्षण तथा प्रहरी मेरो साथी हातेमालो सप्ताहको अवसरमा दैलेख आएका एसएसपी बस्नेतले बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रहरी तथ्यगत अपराध अनुसन्धान गर्न सक्षम रहेको बताएका हुन् । उनले अपराधीलाई नछाड्ने र निर्दाेशलाई कारबाही हुनबाट जोगाउनुपर्ने प्रहरीको दाइत्व रहेको बताए ।
एसएसपी वस्नेतले दैलेखमा प्रहरी जनशक्ति कम भएको बारे आफूलाई जानकारी रहेको भन्दै दरवन्दीअनुसार जनशक्ति थप गर्न पहल गर्ने बताए । उनले थोरै जनशक्तिबाट पनि प्रहरीले उल्लेखनीय सफलता पाएको भन्दै आम जनतासँग प्रहरी सम्बन्ध सुमधुर बनाउँदै अपराधीलाई कारबाहीको दायरामा ल्याउन लागिपरेको बताए । उनले प्रहरी मेरो साथी कार्यक्रमबाट प्रहरी र आम नागरिकबीच सुमधुर सम्बन्ध कायम हुने विश्वास व्यक्त गरे । उनले आफू अञ्चल प्रहरी प्रमुख भएपछि अपराध सूचना बैंकलगायतका इन्फरमेसन टेक्नोलोजीको प्रयोग गरेको बताए ।
जिल्लास्थित राजनीतिक दल, कार्यालय प्रमुख तथा विभिन्न गैर सरकारी संस्थाका प्रमख तथा प्रतिनिधिसँगको छलफलमा एसएसपी बस्नेतले जिल्लाका समस्या र प्रहरीले गर्न सक्ने समधान बारे चासो राखेका थिए । बाल विवाह दैलेखमा एक समस्या रहेको र त्यसलाई रोक्न प्रहरीको पनि भुमिका हुने चर्चा कार्यक्रममा भएको थियो । सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले वाल विवाहमा प्रहरीका जवान नाच्ने गरेको उदाहरण दिँदै बाल विवाह रोक्न प्रहरीबाट लापरबाही भएको बताएका थिए ।
आन्तरिक अनुगमनमा आएका एसएसपी बस्नेत दुल्लु ईलाका प्रहरी कार्यालयको अनुगमनमा पनि गएकाा छनर ।
आमजनताको शान्ति सुरक्षा व्यवस्थाको जिम्मा लिएको प्रहरीलाई जनतासँग साथीको रुपमा समन्वय गराउने उद्देश्यले प्रहरीले प्रहरी मेरो साथी कार्यक्रम ल्याएको हो । प्रहरी मेरो साथी कार्यक्रमले आम नागरिकलाई प्रहरीप्रतिको धारणामा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । कार्यक्रममा दैलेख प्रहरी प्रमुख डिएसपी केदार रजौरेले यो कार्यक्रमले जनतामा सकारात्कम परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले बालबालिकामा प्रहरीप्रति रहेको नकारात्मक धारणामा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । उनले दैलेखस्थित प्रहरीका सबै इकाईमा प्रहरी मेरो साथी हातोमालो सप्ताह आइतबारै सुरु भएको जानकारी दिए । उनले कवितामाफर्तन पनि प्रहरी आमनागरिकबीचको सम्बन्धबारे चर्चा गरेका थिए ।
कार्यक्रमा नेकपा एमालेका उपाध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष नमनकुमार शाहीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रहरी र आमजनताबीच साथीको सम्बन्ध बनाउन यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए । लोकतन्त्रको बहालीपछि सुरक्षा निकाय अलि खुला रुपमा जनसम्पर्क बढाउँदै आएका छन् । यसैअनुरुप प्रयाः गोप्य रहने प्रहरी पनि जनतासँग हातोमालो गर्ने दिशामा अगाडी बढेको छ । सप्ताह भरी विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया