पाइपमा बारुद भर्नेक्रममा पड्किएर दम्पति घाइते

पाइपमा बारुद भर्नेक्रममा पड्किएर दम्पति घाइते

दैलेख : सदरमुकाम नारायण नगरपालिका–६ भूर्तीमा फलामे पाइपमा बारुद भर्दैगर्दा पड्किएर एक दम्पति घाइते भएका छन् । २८ वर्षीय अर्जुन सार्की र उनकी श्रीमती २२ वर्षीय अञ्जू सार्की खख्त घाइते भएका हुन् ।

माछा मार्ने विष्फोटक पदार्थ बनाउने लाग्दा घरमै बारुद भर्दैगर्दा अकस्मात् पड्किएर शनिवार उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

पाइप पड्किँदा अर्जुनको देब्रे हातको हत्केला पूरै उडेको छ भने अञ्जूको दाहिने खुट्टामा कडा चोट लागेको छ । दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पु¥याइएको अर्जुनका बुबा हरि सार्कीले जानकारी दिए ।
‘१० वर्ष अघिदेखि काठको फर्निचर सञ्चालन गर्दै आउनुभएका अर्जुनले ६ वर्ष अघि अन्तरजातीय विवाह गरेपछि युवतीले छोडेपछि मानसिक स्वास्थ्यमा समस्या थियो’ स्थानीय प्रेम भूर्तेलले भन्नुभयो ।

अन्तरजातीय विवाह अघिकी पहिलो श्रीमतीले बहुविवाह उजुरी गरेपछि २ वर्ष कारावासबाट छुटेपछि अन्तजातीय विवाह गर्ने मगर थरकी ती युवतीले संगै बस्न नसक्ने भनेर माइतीमा पुगेपछि अर्जुनले माइतीघरमा एक साता अनसन बसेका थिए ।

त्यसबेला परिवारजनले सम्झाईबुझाई घरमा ल्याएपछि फर्निचनमा आफैले मुख्य मिस्त्रीको काम गर्दै आएका छन् । पहिलो श्रीमतीले २ छोराछोरी छोडेर अन्यत्रै विवाह गरेपछि दुई वर्ष अघि अञ्जूलाई तेश्रो श्रीमतीको रुपमा विवाह गरेका हुन् ।

अञ्जू गर्भवती छिन् । ‘कात्तिक ५ गतेलाई समय दिइएकोमा अझैं जन्मेको छैन, अञ्जूको पेटमा पनि चोट लागेकोले गर्भको बच्चालाई केही असर पो प¥यो कि ? चिन्ता लागेको छ’ अर्जुनले टेलिफोनमा भने ।  पाइप पड्किँदाको धुवाँले आफ्नो दुइटै आँखा धमिलो देखिएको अर्जुनले सुनाए । ‘डाक्टरले हात काट्ने भनेका छन्, औषधि गर्ने पैंसा पनि छैन’ उनले भने ।

प्रतिक्रिया