बालविवाह र मर्यादित महिनावारीबारे छलफल

बालविवाह र मर्यादित महिनावारीबारे छलफल

दैलेख : जिल्लाको भैरबी गाउँपालिका–४ मा गठित बाल क्लबले बाल विवाह र मर्यादित महिनावारीबारे छलफल गरेको छ । यहाँको मेरी गोल्ड बाल क्लबको बैठकमा बाल विवाह र मर्यादित महिनावारीबारे छलफल गरिएको हो । सोसेक नेपालको अगुवाईमा छलफल भएको    हो ।

बैठकमा बाल बिबाह अर्थात सानै उमेरमा बिबाह गर्दा हुने असरबारे बाल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी दिइनुका साथै बाल विवाह अन्त्यका लागि छलफल गरिएको हो । साथै महिनावारी भएको बेला सरसफाई, पोषण युक्त खाना लगायत विविध विषयमा छलफल भएको बाल क्लबले जनाएको छ ।

यस्तै बाल शोषण, बाल श्रम र सरसफाई सम्बन्धी समेत छलफल भएको बताईएको छ । बाल क्लबको बैठकमा बाल क्लबका सबै सदस्यहरुले यसअघि निर्माण गरेको फोहोर फाल्ने खाडल वर्षातका कारण बिग्रेका र ती खाडलहरुलाई पुर्ननिर्माण गरेर फोहोरलाई व्यवस्थित गर्ने निर्णय समेत गरेका छन् ।

कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आईरहेको सोसेक नेपालले बाल विवाह विरुद्धको अभियान नै चलाईरहेको छ । संस्थाले ‘विहेवारी २० वर्ष पारी’ को नारासहित समुदायस्तरमा चेतनामूलक लगाएतका कार्यक्रमहरु गरिरहेको छ ।

यहि क्रममा भैरबी गाउँपालिकामा पनि बाल विवाह विरुद्ध विभिन्न क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ । उक्त परियोजनाले बाल क्लब, युवा क्लब तथा आमा समुहले सञ्चालन गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुमा सहयोग र सहजिकरण गर्दै आएको छ

प्रतिक्रिया