भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न

नैन शाही
दैलेख, असोज २० गते । नेपालीको महान विजया दशमीको अवसरमा सिर्जनशिल समृद्ध बालक्लवको आयोजनामा चार दिन अन्तर गाविस स्तरिय दिन प्रथम पुरुष खुल्ला भविभल प्रतियोगिता डाडापराजुल–७ माथिल्लो डुगेश्वरमा सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ भलिवल प्रयोयोगिता सम्पन्न भएको हो ।
khelkudचार दिन सञ्चाल प्रथम पुरुष खुल्ला भलिवल प्रयोगिता त्यस क्षेत्रका १६ वटा प्रतिस्पर्धी टीम समाबेश भएका थिए । जसमा प्रथम आयोजन वि टिम प्रथम बेलपाटा,चुप्रा द्धितिय र गोगनपानी तृतिय स्थान हासिल गर्न सफल भएका हुन् । जसको क्रमश पुरस्कार राशी,२० हजार १ सय,१५ हजार १ सय र दश हजार एक सय रहेको थियो । समापन कार्यक्रममा नेपाल महिलासँघका जिल्ला अध्यक्ष सिताकुमारी राना आजका युवा पुस्ताले कुलत दुव्र्यसनी,अन्धविश्वास रुढीवादी परम्परागत कामलाई त्यागेर समय सापेक्ष समाज रुपान्तरणमा युवाहरुको महत्वपुर्ण हुने भन्दै नराम्रा कामलाई छाड्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो,सामाजिक कार्यमा युवाहरु उदाहरिणय बनेर समृद्ध समाज निर्माणका लागि सबैले आ आफ्नो ठाउँमा हातेमालो गर्नुपर्छ ।
उक्त कार्यक्रम सिर्जन समुद्ध बालक्लवका उपाध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया