सहकारी नीति पहिलो प्राथमिकता ः मन्त्री थानी

दैलेख कात्तिक ८ गते, दैलेख जिल्लाको पश्चिमी भेकको श्री बसुन्धरा कृषि सहकारी संस्था लि. राकमकर्णालीको दोस्रो साधारण सभा भव्य कार्यक्रमका बिच माननिय सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री थानीले भन्नुभयो अहिलेको यो युग सहकारीको युग भएकाले आफुले सबैभन्दा पहिले सहकारी नीति बनाउने र सहकारीको उचित व्यवस्थापन गर्ने बताउनुभयो । साथै सहकारीका माध्ययमबाट अहिले ग्रामिण तथा सहरी क्षेत्रमा आफ्ना दैनिक तथा व्यवहारिक समस्याको समाधान सहकारीका माध्ययमबाट समाधान हुने गरेको र आवश्यकता परेको बखत सहुलियत दरमा ऋण लगि लगानी गरी प्रतिफल प्राप्त गर्ने गरेकोले लघु बैंकिङ्क प्रक्रियाले सजिलो हुने गरेको बताउनु भयो । आफुलाई छिमेकी जिल्लाको मन्त्री भएकोले अपेक्षा गर्नु शोभाविक भए पनि आफुले सबै सहकारीलाई समान दृष्टिले हेर्ने कुरा समेत बताउनु भयो । उहाँ ६ नं प्रदेशका कर्णाली अंचलका जिल्लामा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको सिलसिलामा कालिकोट जादै गर्दा संयोगबस साधारण सभाको उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहनु भएको थियो । पहिलो पटक आफ्नो क्षेत्रमा मन्त्रीको पाइला पाउनु यस क्षेत्रको विकासको थालनी भएको महशुस गर्नु साथै साना शहरीकरणको क्रममा जग्गाले उचित मुआब्जा पाउनुका साथै निमार्ण प्रक्रिया चाडै अघाडी बढ्ने अपेक्षा यस क्षेत्रका आम नागरिकको रहेको कुरा नैन शाहीले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल महिला संघ दैलेखका अध्यक्ष सीता रानाले सहकारीमा महिला सहभागिताले आय आर्जनमा बृद्धि हुने तथा बैंक धाउन नपर्ने कुरा बताउनु भयो । स्थानीय स्तरका राजनैतिक दलका प्रमुख प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष अर्जुनबहादुर शाहीले गर्नु भएको थियो ।
प्रतिक्रिया