तालिवानद्धारा महिलालाई उच्च शिक्षा नदिने घोषणा

तालिवानद्धारा महिलालाई उच्च शिक्षा नदिने घोषणा

 

काठमाडौं :  तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ। अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो। तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ।

महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो। अर्को सूचना जारी नभएसम्मका लागि यो घोषणा भएको उनको भनाइ छ।

तालिवानको यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ। एक वर्ष अघि तालिवानले सत्ता कब्जा गरेपछि महिलामाथि विभिन्न खालका निषेध हुँदै आएको छ। तालिवानले यसअघि महिलालाई पढाउन महिला वा वृद्धलाई अनुमति दिएको थियो। यो घोषणाले भने त्यहाँका महिलाको शिक्षा लिने बाटो नै बन्द भएको छ।

प्रतिक्रिया