अपराध नियन्त्रणमा सर्वसाधरणको सहयोग जरुरी : प्रहरी निरीक्षक कार्की

अपराध नियन्त्रणमा सर्वसाधरणको सहयोग जरुरी : प्रहरी निरीक्षक कार्की


दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले अपराध नियन्त्रणमा आम सर्वसाधारणको सहयोग आवश्यक रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिवार दैलेखमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक घटना वार्षिक समीक्षा कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

मानव अधिकार ज्यादतीको तथ्यांक वा प्रहरीको उजुरीमा कमी आएकै भरमा समाजमा शान्ति, सुव्यवस्था राम्रो हुन नसक्ने प्रहरी निरीक्षक कार्कीले धारणा राखे । तथ्याँकमा संकलन प्रभावकारी बनाउने र पीडितहरु सबै उजुरी प्रक्रिया आउन सके मात्र शान्ति कायम हुनसक्ने उनको भनाई थियो ।

कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बलात्कारका संख्याले उमेर पुगेका महिलाको तुलनामा बालिकाहरु बढी असुरक्षित रहेकोले बालिका सुरक्षा सवालमा गम्भीर हुन जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तीर्थ भण्डारीले इन्सेकको मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् र ज्यादती घटना सार्वजनिक गर्न थालेपछि अपराध रोकथाममा सहयोग पुगेको सुनाए । मानव अधिकार रक्षक सञ्जालका सदस्य सविना बिकले लैंगिक हिसाव महिलाहरु घरेलु हिंसा र यौन दुव्र्यवहार पर्ने गरेको पीडितको सुरक्षामा सरकारको चासो रहनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२२ अवधिमा ६६ वटा घटना रहेका जानकारी गराएका थिए । सबै भन्दा धेरै २० जना बालिका बलात्कार, १४ वटा घरेलु हिंसा, आठ बहुविवाह, सात बालविवाह, पाँच वटा महिला माथि यौनदुव्र्यवहार, तीन जना उमेर पुगेका महिला बलात्कृत भएको जनाइएको छ । इन्सेकले संकलन गरेको तथ्यांक अनुसार बालबालिकाको हत्या, बालिका माथि यौन दुव्र्यहार, बालबालिकालाई कुटपिट र आत्महत्या दुरुत्साहनको दुई–दुई घटनासंगै एक गर्भपतनका घटना भएका छन् ।

इन्सेकले विगत ३० वर्षदेखि नेपालभरको मानव अधिकारको हनन् र ज्यादतीको अवस्था अध्ययन तथा बिश्लेषण गर्न हरेक जिल्लामा एक–एक जना जिल्ला प्रतिनिधि मार्फत तथ्यांक संकलन गर्दै आएको छ । सन् सम्वत्लदाई आधार मानी १९९२ देखिसंकलिन तथ्यांकलाई पुस्तकको रुपमा प्रकाशन गर्ने गरिएको छ ।

प्रतिक्रिया