तरकारी खेतीमा जमेका भण्डारी दम्पति, गर्छन मनग्य आम्दानी
सुर्खेत – सिम सिम पानी । त्यही पानीमा रम्दै रमाउदै तरकारी खेती सुम्सुम्याउदै हुनुहुनथ्यो सुर्खेतको वीरेन्द्रनगर ३ तातपानीका ओम प्रसाद भण्डारी दम्पती । उमेरले ६५ वर्ष पुगेका ओम प्रसाद भण्डारी र उनका श्रीमती पवित्रा भण्डारी तरकारी गाडमेल सँगै तरकारीमा आएका झारपात हटाउदै हुनुहुन्थ्यो । यो अहिले उहाँहरुको दैनिकी जस्तै बनेको छ ।
बिहानै देखि परेको सिसिमे पानीको वास्ता नगरी तरकारी खेतीमा रमाउदै तरकारी खेती सुम्सुम्याउदै थिए । बारीमा लटरम्म फर्सि, साग सब्जी, गाजर लगायतका तरकारी खेती फलाउनुभएको छ । आफ्नै बारीमा अर्गानीक तरकारी उत्पादन गरेर स्वस्थ् रहनुपर्छ भनेर निरन्तर लागेको उहाँ बताउनुहुन्छ । हामी निरन्तर अर्गानिक तरकारी उत्पादनमा लागेका छौँ,’उहाँले भन्नुभयो, ‘अहिले भारत लगायत तेस्रो मुलकबाट आएका विषादी तरकारी उपभोग गरिरहेका छौँ । त्यस्ले उपभोक्ताहरु विभिन्न रोगको सिकार बन्ने गरेका छन् । हामीले अर्गानीक तरकारी मात्र उत्पादन गर्नुपछ भनेर निरन्तर लागेका छौँ ।’
भण्डारीले अहिले तरकारी व्यवसायसँगै गाइपालन पनि गर्नुभएको छ । उहाँसँग अहिले दुइवटा गाई छन् । दुइवटा गाईबाट दुध दही, घिउ, मही समेत बेचेर मनग्य आम्दानी गर्ने गरेका उहाँ बताउनुहुन्छ । बजारको विषादी तरकारी खान छोडेर हामीले २०६० सालबाटनै अर्गानीक तरकारी उत्पादन गर्न सुरु गरेका हौँ,’उहाँ भन्नुहुन्छ, ‘अहिले गाइपालनबाट दुध, दही, मही, घिउ, मही बेचेर मनग्य आम्दानीसँगै गाइको मल मुत्रबाट शुद्ध तरकारी उत्पादन गरिरहेका छौँ ।
आफ्नै देशमा पौरख गर्नुपर्छ भनेर २०६० सालबाट तरकारी खेतिमा होमिएका भण्डारीले तरकारी खेति व्यवसाय, गाइपालन, कुखुरापालन व्यवसायसम्म गर्नुभएको छ । आफुले उत्पादन गरेको अर्गानीक उत्पादन बजारको माग अनुसार पु¥याउनै नसकेको उहाँ बताउनुहुन्छ ।
अहिले मैले उत्पाादन गरेको अर्गानीक तरकारी लैजान ग्राहकहरु घरमै पुग्नुहुन्छ बजारमा लैजाने तरकारी नै पुग्दैन । घरमा आउनेलाई नै तरकारी पुगाउन सकेको छैन’ उहाँ भन्नुहुन्छ । उहाँले भनेजस्तै तातापानी सुर्खेतका विभिन्न ठाउँबाट तरकारी किन्ने ग्राहकहरुको भिड हुन्छ । करिब चार कठ्ठा जग्गामा तरकारी सुरु गर्नुभएका उहाँले वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । उहाँका बारीमा अहिले काउली, फर्सि, बन्दा गोपि, साग लगायतका विभिन्न तरकारी पाउने गरेको उहाँको भनाई छ ।
प्रतिक्रिया