गुराँस गाउँपालिकाद्वारा साेसेक नेपाललाई सम्मान !

गुराँस गाउँपालिकाद्वारा साेसेक नेपाललाई सम्मान !

दैलेख – गुराँस गाउँपालिकाले बालअधिकार र उचित शिक्षाको अवसरका निम्ति उलेख्य काम गरेको भन्दै सोसेक नेपाललाई सम्मान गरेको छ । गाउँपालिको स्थापना दिवसको अवसरमा घोषणा गरिएको सम्मान हालै गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सम्मान गरिएको हो ।

गाउँपलिकाका अध्यक्ष टोपबहादुर बीसीले सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापालाई सो सम्मानपत्र प्रदान गर्नुभयो । सम्मानपत्र प्रदान गर्दै अध्यक्ष बीसीले बाल अधिकार संरक्षण, शैक्षिक विकास प्रवद्र्धनका काममा उल्लेख्य काम गरेको संस्थाललाई छुटाउनुहुन्न भनेर सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा सेभ चिल्ड्रेनका पैरबी अभियान सञ्चार (पीडीक्यू) निर्देशक लोडोभिका ट्रान्सेनीले गुराँस गाउँपालिकाले बालबालिकाको सर्वोत्तम हित र शिक्षा सरोकारमा देखाएको चासो, चिन्ता र लगनशीलता निम्ति दिंदै साझेदारसंस्थालाई गरेको सम्मान गरेकोमा धन्यवाद दिनुभयो ।

सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा सोेसेक नेपाललाई गरेको सम्मानले बालअधिकार प्रवद्र्धनका अलवा महिला, पछाडि पारिएका जाति समुदायहरु र राउटे समुदायको जीवन स्तर उठाउने काममा थप उत्साहका साथ काम गर्ने हौसला पैदा गरेको बताउनुभयो ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष बीसी, सेभ चिल्ड्रेनका पैरबी अभियान सञ्चार (पीडीक्यू) निर्देशक ट्रान्सेनी, सोसेक नेपालका कार्यकारी निर्देशक थापा, सेभ चिल्ड्रेनका एसीसीएम निर्देशक आयुश जोशी श्रेष्ठ, कर्णाली कार्यालयका निमित्त प्रमुख रत्नराज ओझा, परियोजना व्यवस्थापक बिष्णु बम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी लगायतको उपस्थिति थियो ।

 

त्यसबखत सेभ चिल्ड्रेनका प्रविधिक व्यवस्थापक द्वय ऋषिकेश ढकाल, दिपेन्द्रसिंह ठकुरी, बरिष्ठ कार्यक्रम संयोजक दिलकमल क्षेत्री, कार्यक्रम संयोजक द्वय टिका बिक, बीरेन्द्र थापा, सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसी र सहयात्रा परियोजनाका कर्मचारीहरुको पनि सहभागिता थियो ।

सोसेक नेपालले गुराँस गाउँपालिका क्षेत्रमा सेभ द चिल्ड्रेनको सहयोगमा बालअधिकार र शिक्षा सहयोग सम्वन्धी सहयात्रा परियोजना, यौनिक अल्पसंख्यकहरुको अधिकार सम्वन्धी एजीबीटीआईक्यू परियोजना, वातावरण अधिकार सवालमा ग्रीनजव समेत तीन वटा परियोजना ससञ्चालन भइरहेका छन् ।

सेभ द चिल्ड्रेन बाहेक सोसेक नेपालले हेल्भेटासको सहयोगमा खानेपानी र सरसफाई सम्वन्धी एकीकृत जलश्रोत व्यवस्थापना परियोजना र डीसीएको सहयोगमा ग्रीन कर्णाली परियोजना सञ्चालन गरिरहेको छ । बालअधिकार, शिक्षा र भौतिक निर्माण समेत क्षेत्रमा काम गरिरहेको सोसेक नेपाल गुराँस गाउँपालिकामा सहकार्य गरिरहेको प्रमुख गैरसरकारी संस्था हो ।

 

प्रतिक्रिया