बलात्कार घटनाका आरोपित पक्राउ
दैलेख – ११ वर्षीया बालिकालाई बलात्कार गरेको र उनै बालिकाकी दिदी १२ वर्षीया अर्की बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा गुराँस गाउँपालिका–६ पिलाडीका ३७ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले मंगलवार घरबाटै पक्राउ गरेको छ ।
दुई मध्ये ११ वर्षीया बालिकालाई चैत १० गते बलात्कार गरेको र उनै बालिकाकी दिदी १२ वर्षीया अर्की बालिकालाई चैत २५ गते यौन दुव्र्यवहार गरेको भन्ने पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
एक बालिकालाई बलात्कार गरेको र अर्कीलाई यौन दुव्र्यवहार गरेको भन्दै चैत २८ गते पीडित पक्षले उजुरीमा दिएको हो । चैत २९ गते पीडित युवतीको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भयो ।
आरोपित गिरफ्तार भइसकेको, घटनास्थल मुचुल्का लिइसकिएको र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी लम्सालले बताउनुभयो ।
प्रतिक्रिया