शिक्षाप्रतिको उत्प्रेरणा जगाउन जरुरी : थापा

शिक्षाप्रतिको उत्प्रेरणा जगाउन  जरुरी : थापा

दैलेख – नारायण नगरपालिकाका उपमेयर तप्ताकुमार थापाले बालबालिकाहरुलाई विद्यालय शिक्षाको जग बसाल्ने आधार हुने भएकोले बालविकास केन्द्रमा शिक्षाप्रतिको उत्प्रेरणा जगाउन बालविकास केन्द्रको सिकाई प्रभावकारी हुने बताउनुभएको छ ।

यूनिसेफको सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुर र सेतो गुराँस बाल विकास सेवा दैलेखको आयोजनामा दाेश्राे चरणमा आइतवारदेखि सुरु भएको २१ बालविकास शिक्षकहरुका लागि ७ दिने अभिभावक शिक्षा तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

सेतो गुराँसले बालविकास केन्द्रहरुको सिकाई प्रभावकारिता निम्ति शिक्षक, अभिभावक, सराकोकारवालालाई तालिम, सिकाई उपलब्धी बढाउन सहजीकरण र साधन श्रोतमा नारायण नगरपालिकालाई राम्रो सहयोग पु¥याएको भन्दै प्रशंसा गर्नुभयो ।

त्यसबखत सेतो गुराँस बाल विकास सेवा दैलेखका अध्यक्ष गीता रम्तेलले नगरपालिकासंगको सहकार्यमा गरिरहेको बालविकास सिकाई प्रवद्र्धन कार्यक्रमले दैलेखका अरु गाउँपालिका र नगरपालिका समेत सन्देश दिनसक्ने भएकोले सहभागी शिक्षकहरुलाई मन लगाएर तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।

अभिभावकहरुलाई बालबालिकाप्रतिको दायित्व बोध गराउन प्रारम्भिक बालविकास, अभिभावक शिक्षाको महत्व, सहजीकरण विधि, प्रक्रिया र शिक्षाप्रति जागरुकता निम्ति स्थानीय ज्ञान, सकारात्मक चलन, समस्याको बिश्लेषण, प्रभावकारी शिक्षा संकल्प विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने बताइएको ।

यो तालिममा सेतो गुराँस बाल विकास सेवा दैलेखका सहजकर्ताहरु राधा मल्ल र लली बाह्रघरेले सहजीकरण गर्नुहुने बताइएको छ । यूनिसेफको सहयोगमा सेतो गुराँसद्वारा सञ्चालित ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ले बालविकास शिक्षा सिकाई प्रभावकारितामा काम गर्दै आएको छ ।

नारायण नगरपालिका क्षेत्रका ४३ विद्यालय मध्ये यो चरणमा बालविकास केन्द्र शिक्षक र बालविकास केन्द्र नभएका विद्यालयका कक्षा १ अध्यापन गरिरहेका २१ जना शिक्षकहरुका लागि यो तालिम चलाइएको हो । यस अघि पहिलाे चरणमा चैत २२ देखि २८ गतेसम्म नगरक्षेत्रका २२ जना शिक्षकहरुलाई तालिम दिइसकिएको थियो ।

प्रतिक्रिया