आगलागी घाइतेहरुको उपचारमा सरकारलाई ध्यानाकर्षण

आगलागी घाइतेहरुको उपचारमा सरकारलाई ध्यानाकर्षण

दैलेख – आगलागीबाट घाइते मध्ये काठमाण्डौंको बर्न अस्पतालमा उपचार गराइरहेका पाँच जना, नेपालगञ्जको नरसिंह कलेजमा उपचार चलिरहेका दुई जना घाइतेहरुको उपचारमा कमी हुन नदिन प्रतिनिधिसभाका साँसद सीता रानाले सोमवार प्रतिनिधिसभा वैठकमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सो आगलागीमा घाइते भएका १० मध्ये २ जना प्राथमिक उपचारपछि घर फर्किएका थिए । सबैको सहयोगले तत्काल हेलिकप्टरबाट नेपालगञ्ज पु¥याइएकोमा उपचारको क्रममा निधन हुनु भएका ५५ वर्षका भैरे बिकका परिवारजनलाई क्षतिपूर्तिको निम्ति सरकारसंग साँसद रानाले माग गर्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको गोरेटो बाटो खन्ने क्रममा जंगलमा लागेको आगोले पोलिएर घाइते भएका १० मध्ये गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि काठमाण्डौंको किर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको छ ।

धबार हेलिकप्टरबाट नेपालगञ्ज पु¥याइएका ८ मध्ये आठबीस नगरपालिका–६ सिंगासैनका ३० वर्षीय नबिन बिक, ३१ वर्षीया बसन्धुरा बिक, १९ वर्षीया जौकला बिक, २३ वर्षीया नैना बिकलाई, बिहीवार २९ वर्षीय प्रजबहादुर बिक काठमाण्डौंको किर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको छ ।

आगलागी भएकै दिन हेलिकप्टरबाट नेपालगञ्जका भेरी अस्पताल र नरसिंह कलेजमा पु¥याइएकोमा आठ मध्ये ५५ वर्षीय भैरे बिकको उपचारको मृत्यू भएको र पाँच जनालाई काठमाण्डौं पठाइएपछि बाँकी दुई जनाको नेपालगञ्जमा उपचार चलिरहेको छ ।

आठबीस नगरपालिका–६ सिंगासैनका १८ वर्षीया छत्रा बिक र १८ वर्षीय मोतिराम बिकको नरसिंह कलेजमा उपचार चलिरहेको छ । आठबीस नगरपालिका–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए । यसअघि घाइतेहरूको प्राथमिक उपचार राकमको स्वास्थ्य चौकीमा भएको थियो ।

तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते १० जना मध्ये दुई २३ वर्षीया जुना बिक, २४ वर्षीया मीना बिक चाहिँ राकमको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फर्किनुभएको थियो ।

प्रतिक्रिया