व्यवसाय प्रबर्द्धनका लागि ठाटीकाँधमा कुखुरा बितरण

व्यवसाय प्रबर्द्धनका लागि ठाटीकाँधमा कुखुरा बितरण

सुर्खेत –  दैलेखको ठाटीकाँध गाउँपालिकामा व्यवसाय प्रबर्द्धनका लागि कुखुरा बितरण गरिएको छ । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग, ठाटकाँध गाउँपालिकाको साझेदारी र सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले उक्त कुखुरा बितरण गरेको हो ।

व्यवसाय प्रबर्द्धन गर्नका लागि न्यू बल्याक अस्टोलप र न्यु ह्याम्पसार जातका कुखुरा बितरण गरिएकोे ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार ८ हप्ताका चारसय वटा चल्ला ठाटीकाँधका ८ जना कृषकलाई बितरण गरिएको छ ।

प्रतिक्रिया