खाना पकाउने ग्यास पड्केर आगलागी

खाना पकाउने ग्यास पड्केर आगलागी

दमकल आएर पनि मण्टेश्वरीले भान्साको लागि प्रयोग गरेको कोठातिर पानीको फोहोरा दिन कठिनाई भएको अवस्थामा प्रहरीले जोखिम मोलेर गरेको आगो नियन्त्रणको प्रयासलाई स्थानीयले प्रशंसा गरेका छन् ।

दैलेख – म्यारीगोल्ड मण्टेश्वरीमा अध्ययनरत बालबालिकाका लागि खाजा पकाउने क्रममा ग्यास सिलिण्डर पड्केर आगलागी भएको छ । दैलेख सदरमुकामको व्यस्त बजार देवकोटाचोक नजिक भएको आगलागी प्रहरी जनशक्ति र नारायण नगरपालिकाको दमकलको मद्दतले आगलागी नियन्त्रण लिएको छ ।

आगलागी भएको सूचना पाउना साथ घटनास्थल पुगेको प्रहरी, स्थानीययको सहयोग र नगरपालिकाको दमकलको मद्दतले आगो नियन्त्रणमा लिई त्यहाँ अध्ययनरत ४५ जना बालबालिकालाई सशकुल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

आगलागी भएकाे जानकारी पाउनासाथ साेसेक नेपाल वालहेल्पलाइन १०९८ काे टाेली त्यहाँ पुगी प्रभावित बालबालिका र अभिभावकलाई मनाेपरामर्श सुरक्षा सजगता बारे संयम् गराइएकाे थियाे ।

यो घटनाले बालबालिका अध्ययन गर्ने मण्टेश्वरी वा विद्यालय खुला ठाउँमा राख्नुपर्ने विषयमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने शिक्षा सिकाएको मानव अधिकार रक्षक सञ्जाल दैलेखका संयोजक बिशाल सुनारले टिप्पणी गर्नुभयो ।

‘आगलागीको खबर एकैछिनमा सबैतिर फैलियो, मण्टेश्वरीका अभिभावकहरु अतालिएको देखिन्थ्यो । प्रहरी सुरक्षाकर्मी, स्थानीय र दमकल सबैको प्रयासले उद्धार भयो । समयमा सबैको प्रयासले ठूलो दुर्गटना ट¥यो । विपद जतिबेला पनि आउन सक्छ सजग रहनुपर्ने सिकायो ।’ सोसेक नेपालको बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले भन्नुभयो ।

दमकल आएर पनि मण्टेश्वरीले भान्साको लागि प्रयोग गरेको कोठातिर पानीको फोहोरा दिन कठिनाई भएको अवस्थामा प्रहरीले जोखिम मोलेर गरेको आगो नियन्त्रणको प्रयासलाई स्थानीयले प्रशंसा गरेका छन् । दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) लम्सालले आफूहहरुले कर्तव्य निर्वाह गरेको बताउनुभयो ।

 

प्रतिक्रिया