युवाहरुलाई लक्ष्य निर्धारण परामर्श तालिम

युवाहरुलाई लक्ष्य निर्धारण परामर्श तालिम

दैलेख – सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) र युवालयले सञ्चालन गरेको युवाको नेतृत्वमा जेसीको पहल परियोजनाले कार्यक्षेत्र डुंगेश्वर र भगवतीमाई गाउँपालिकाका युवाहरुको लक्ष्य निर्धारण परामर्श सम्बन्धी तीन दिने तालिम आज दैलेख सदरमुकाममा सम्पन्न भयो ।

परियोजना क्षेत्रका ६ पुरुष र २४ महिला समेत ३० जना युवाहरुको सहभागिता रहेको परामर्श तालिममा सकारात्मक सोच, जीवनको लक्ष्य, आत्मजागरण, रुपान्तरण, सफलताको सुत्र र जीवनको बृति विकास विषयमा अभिमुखीकरण गरिएको वामका कार्यक्रम संयोजक प्रतिमा परियारले जानकारी दिनुभयो ।

केही गरौं भनेर मनोबलका साथ आफ्नो व्यक्ति जीवन र समुदायलाई प्रेरणा दिइरहेका युवाहरु तालिममा सहभागी गराइएको तालिममा ब्राइटफ्यूचर नामक इन्स्टिच्यूटका निर्देशक उमाशंकर आचार्यले सहजीकरण गर्नुभएको युवालयका जिल्ला संयोजक लिला खत्रीले बताउनुभयो ।

युवाको नेतृत्वमा जेसीको पहल परियोजनाले कार्यक्षेत्र डुंगेश्वर र भगवतीमाई गाउँपालिकाका युवाहरुलाई जीवन उपयोगी सीप, ज्ञान र आत्मविश्वास बढाउन गाउँपालिकासंग समन्वय गरी समुदाय परिचालनको काम गरिरहेको छ ।

प्रतिक्रिया