काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं –  महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ। यो चालु आ.व.को भन्दा १३ करोडले धेरै हो।

आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

उपप्रमुख डंगोलले यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याउनुभएको छ । त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको उहाँले बताउनुभयो ।

महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।

प्रतिक्रिया