आठबीस नगरपालिकामा ४९ करोड ७५ लाख रुपैंयाँको बजेट प्रस्ताव

आठबीस नगरपालिकामा ४९ करोड ७५ लाख रुपैंयाँको बजेट प्रस्ताव

आठबीस नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/०८१ अवधिभर विकास पूर्वाधार तथा साधारण खर्च समेतका लागि उपप्रमुख कल्पनाकुमारी थापा (चन्द)ले ४९ करोड ७५ लाख रुपैंयाँको अनुमानित बजेट प्रस्ताव प्रस्तूत गर्नुभएकाे छ ।

दैलेख – आठबीस नगरपालिका दैलेखको १३ औं नगरसभाको नगर प्रमुख तर्कबहादुर बडुवालले आइतवार पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयो ।

नगरसभा उद्घटान कार्यक्रममा आठबीस नगरपालिकाका उपप्रमुख कल्पनाकुमारी थापा (चन्द)ले चालू आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा सुनाउँदै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रमसंगै ४९ करोड ७५ लाख रुपैंयाँको अनुमानित आयव्यय बजेट प्रस्ताव गर्नु भयो ।

१.जसमा आय तर्फ :–
क)आगामी आर्थिक वर्षमा आन्तरिक आय तर्फ १ करोड रूपैंयाँ प्रक्षेपण गरिएको छ ।
ख) संघीय सरकारको बित्तीय समानिकरण अनुदान ९ करोड ७० लाख रूपैंयाँ ।
ग) संघीय सरकारको बिशेश अनुदान ८० लाख रूपैंयाँ ।
घ) संघीय सरकार को समपुरक अनुदान ५० लाख रूपैंयाँ ।
ङ) संघीय सरकारको राजस्व वाडफाड मार्फत प्राप्त हुने रकम १० करोड ६६ लाख ७५ हजार रूपैंयाँ ।
च) संघीय सरकारको सशर्त अनुदान रकम २३ करोड १९ लाख रूपैंयाँ ।
छ) कर्णाली प्रदेश सरकारको बित्तीय समानिकरण अनुदान १ करोड १० लाख रूपैंयाँ ।
ज) कर्णाली प्रदेश सरकारको राजस्व बाडफाडबाट प्राप्त हुने रकम ५ लाख रूपैंयाँ ।
झ) कर्णाली प्रदेश सरकारको समपुरक अनुदान १ करोड ५० लाख रूपैंयाँ ।
ञ) कर्णाली प्रदेश सरकारको बिशेश अनुदान ५० लाख रूपैंयाँ ।

२. व्यय तर्फ:–
आय तर्फ प्रक्षेपण गरिएको रकम बमोजिम आगामी आर्थिक बर्षमा चालू तर्फ २९ करोड ८५ लाख रूपैंयाँ र पुजिगत तर्फ १९ करोड ९० लाख रूपैंयाँ समेत गरी जम्मा
४९ करोड ७५ लाख रूपैंयाँ बिनियोजन भएको छ । जसलाई क्षेत्रगत रुपमा तपशिल अनुसार बजेट बिनियोजन गरिएको छ ।
१– आर्थिक बिकास क्षेत्रमा मा २ करोड ४८ लाख ७५ हजार रूपैंयाँ ।
२– सामाजिक बिकास क्षेत्रमा ४ करोड ९७ लाख ५० हजार रूपैंयाँ ।
३– पूर्वाधार बिकास बिकास क्षेत्रमा ९ करोड ९५ लाख रूपैंयाँ ।
४ – शुशान तथा अन्तर सम्बन्धित विषयमा २ करोड ४८ लाख ७५ हजार रूपैंयाँ ।
५. कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा २९ करोड ८५ लाख रूपैंयाँ।

आठबीस नगरपालिकाले समृद्ध आठबीस, सुखी आठबीस बासीको दीर्घकालीन लक्ष लिएर शिक्षा, स्वास्थ,कृषि ,पर्यटन र पुर्वाधार लाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट प्रस्तावित गरेको आठबीस नगर नगरकार्यपालिका प्रवक्ता वीरबहादुर नेपाली (माक्र्सवादी)ले जानकारी दिनुभयो ।

प्रतिक्रिया