सुर्खेत–नेपालगन्ज सडक अवरुद्ध, सडकमै रोकिए मुख्यमन्त्री

सुर्खेत–नेपालगन्ज सडक अवरुद्ध, सडकमै रोकिए मुख्यमन्त्री फाइल तस्बिर


सुर्खेत -   रुख ढल्दा सुर्खेत– कोहलपुर, नेपालगन्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ । भेरीगंगाको हर्रे भन्दा केही तल रुख ढलेर सडक अवरुद्ध भएको हो । 

अविरल वर्षाका कारण जमिन गल्न गई रुख ढलेका कारण बाटो अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताउनुभयो  । 

सडक अवरुद्ध भएसँगै  सवारी साधनहरु प्रभावित छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि बाटोमा रोकिएका छन् । ‘मुख्यमन्त्रीज्यू सडकको अवरोधमा पर्नुभएको छ,’ उहाँले भन्नुभयो,‘ रुख पन्छाउनका लागि प्रहरीको टोली त्यहाँ पुगिसकेको छ ।’ 

यस्तै सुर्खेत– दैलेख खण्डमा रहेको अवरोध अहिले खुलाइसकिएको छ  । यसैगरी सुर्खेत–जाजरकोट सडकका केही ठाउँमा रहेको अवरोध पनि खुलाउने काम भइसकेको छ । 

प्रतिक्रिया