जनताको घर-घरमा पुग्दै माओवादी

जनताको घर-घरमा पुग्दै माओवादी

सल्यान -   तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले सल्यानले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई जोड दिन थालेको छ ।, 
माओवादीले टोल कमिटी गठन, पूणगठनसँगै जनताका घरघरमा पुगेर जनतासंँग प्रत्येक्ष भेटघाट कार्यको सुरुवाती गरेको छ ।

अभियानकै शिलशिलामा सिद्ध कुमाख गाउँपालिका १ मेलबोट र दुवेरीचौरमा  टोल कमिटीको बैठकका साथै घरदैलो कार्यक्रम गरेको टोल नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका सदस्य हरि डिसीले जानकारी दिनु भयो । माओवादी केन्द्रका ले यो अभियानले पार्टी सुदृढीकरण गर्ने कुरामा बिश्वास रहेको बताउनु भयो । सरकारले भ्रस्टाचारको जालो तोड्न ल्याएको जुन अभियान छ त्यसैको जगमा टेकेर कार्यकर्ताहरुले जनताको घरघरमा पुगेर बुझाउनु पर्ने बताउनभयो ।

जिल्लाका ८३ वटै वडाका टोल टोलमा पुगेर माओवादी आन्दोलन, उपलब्धिका ,विषयमा जानकारी गराउँदै हिडेको माओवादीले जनाएको छ । जिल्ला समन्वय समिति सल्यानका संयोजक कृति बहादुर पुनले १८ बर्षदेखि थिग्रेको फोहोर फाल्ने मौका हो भन्दै अब नेता कार्यकर्ता रुपान्तरित भएर जानुपर्ने बेला भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, जनतासँग माओवादी र माओवादीको विशेष रुपान्तरण, जसरी क्रान्तिमा जनताको आशा र विश्वास माओवादीसँग थियो फेरि त्यही ताकतमा उठाउन प्रयत्न गरिएको अभियान हो यो । 

 उहाँले माओवादीका कारण देशमा थुप्रै परिवर्तन र उपलब्धिहरु आएका छन, तिनै उपलब्धिहरुलाई जनताको बिचमा गएर जानकारी गराउनु हामी नेता कार्यकर्ताहरुको दायित्व भएको जिकिर गर्नुभयो ।माओवादी पार्टी सुदृढीकरण ३ महिने अभियानले माओवादी पाटी र जनता बिचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै उहाँले यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो 

प्रतिक्रिया