समाईलामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

समाईलामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

जाजरकोट -   जिल्लाको कुशे गाउँपालिका–७ समाईलामा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका– ७ समाईला की अन्दाजी ३५ वर्षीया जानुका नेपाली रहेको जिल्ला समन्वय समिति जाजरकोटका सदस्य विनिता नेपालीले बताउनुभयो  ।

 घरमै सुत्केरी भएकी नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बुझिएको छ । विहीबार विहान ५ बजे घरमै छोरीको जन्म दिएकी नेपालीको साल अट्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो ।-हाम्रो पहुँच

प्रतिक्रिया