रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
![रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/370347091_245619431854520_4313704985279559646_n_lGnAGcvz7u_dr75yzyufcso6rrnxbzxtcfnrnqbsrqh1rkw2nazx2eqwvfuf5xd82i5pipm_U9z0JvbFUJ_zuxyy6mhk00qxobqefkuyvpfgajtajpdvsllbdo71sfgmaqsddjtg0xk9pjt.jpg)
जाजरकोट – भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएकोे बताउनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
प्रतिक्रिया