तुर्माखाँदमा च्याउ उत्पादन सम्बन्धि तालिम सम्पन्न

तुर्माखाँदमा च्याउ उत्पादन सम्बन्धि तालिम सम्पन्न

तुर्माखाँद –  अछामको तुर्माखाँद गाउँपालिकामा च्याउ उत्पादन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । डीसिय नेपालको साझेदारी तुर्माखाँद गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा तुर्माखाँद गाउँपालिका १ रहफका कृषक  समूहका कृषकहरुलाई तालिम दिएको हो ।

   शान्ती भैरव कृषक समूह र  माछालोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छि पालन कृषक समुहका कृषकलाई च्याउ उत्पादन सम्बन्धि तालिम आइतबार सम्पन्न भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो । उहाँका अनुसार तालिममा १५ जनाको सहभागिता रहेको थियो ।

उहाँका अनुसार च्याउ उत्पादन सम्बन्धि तालिममा  १५ जना कृषकहरुहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी भएका कृषकलाई च्याउमा लाग्ने रोग, च्याउको बिउ, बीउ हाल्ने सम्बन्धि, र च्याउ खेतिका लागि प्लाष्टिक पोखरी निर्माण, पराल काट्ने, पराल भिजाउने, च्याउ खेतिका लागि घर निर्माण गर्ने सम्बन्धी तरिकाबारे अभ्यास गराइएको थियो ।  तालिमको सहजिकरण प्रशिक्षक लिलाराम ढकालले गनुभएको थियो । 

प्रतिक्रिया